News Portal

केरखामा रात्रिबसको ठक्करमा हजुरबुवा-नातिनीको मृत्यु

रातोपोस्ट संवाददाता
२४ पटक

झापा, ७ कात्तिक । झापाको कमलमा बसको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

आज बुधबार बेलुका पूर्वपश्चिम राजमार्गको झापाको केरखामा खण्डमा काँकरभिट्टाबाट यात्रु लिएर काठमाडौँ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४३३१ नम्बरको रात्रि बसको ठक्करबाट कमल–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनका १० वर्षीया नातिनीको मृत्यु भएको हो ।

उनीहरु इलेक्ट्रिक साइकलमा सवार थिए । दुर्घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । ठक्कर दिने बसमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्