News Portal

काँकडभिट्टामा भारतीय स्कोरपियो गाडीको ठक्करबाट महिलाको मृत्यु

रातोपोस्ट संवाददाता
६३ पटक

मेचीनगर, २१ पुष । झापाको काँकडभिट्टामा भारतीय स्कोरपियो गाडीको ठक्करबाट पैदल यात्री महिलाको मृत्यु भएको छ । शनिबार साँझ साढे ५ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका–६ फाईरिङ चोकमा इटाभट्टाबाट भारतको पानीट्यांकीतर्फ जाँदै गरेको डब्लुबी ७४ बीएन ६८८५ नम्बरको स्कोरपियो गाडीले मेचीनगर ६ साठीबिघा बस्ने अन्दाजी ५८ वर्षीया माला थापालाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो ।

घाइते थापालाई उपचारको लागि चालक भारत पानीट्यांकी बस्ने २१ वर्षीय विकास विष्ट आफैले गाडीमा हालेर बिर्ता सिटी अस्पताल बिर्तामोडमा भर्ना गरेका थिए । ती महिलाको उपचारका क्रममा राति १०:३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गाडी र चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्