News Portal

कुवेत पठाउने भन्दै ४ महिलालाई भारतमा बेच्ने तामाङ पक्राउ

रातोपोस्ट संवाददाता
६०७ पटक

काठमाण्डौ, श्रावण २२ । उदयपुर, झापा, सिन्धुपाल्चोक र काठमाण्डौबाट विभिन्न मितिमा ४ जना नेपाली महिलाहरुलाई भारतमा विक्री गरी बन्धन बनाउने सिन्धुपाल्चोक चौतारा नगरपालिका १ घर भई हाल काठमाण्डौ गोकर्णेश्‍वर ३ बस्नेत ४६ वर्षीय याङलाल लामा भन्ने ह्यांग लाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

विभिन्न मितिमा कुवेतमा घरायासी काममा लगाईदिने र राम्रो तलब पाउने भनी प्रलोभन देखाएर २०७३ साल चैत्र महिनामा बिरगञ्जको नाका हुदै भारतको नयां दिल्लीस्थित उत्तमपुरमा पुर्याएर बन्धक बनाई राखेका थिए।

उनीहरुको २०७४ जेठ महिनामा उद्धार भएको मानव बेचबिखन अनुसन्धान व्युरो प्रबक्ता प्रउ गोविन्द थपलियाले बताए। उनलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान शुरु गरी कारवाही थालिएको थपलियाले जानकारी दिए । ।

प्रतिकृया दिनुहोस्