News Portal

आज थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
८९४ पटक

काठमाडौँ, श्रावण २७ । पछिल्लो २४ घण्टामा देशभर थप ६३८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै मुलुकमा कोरोना संक्रमितको संख्या २३९४८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमार्फत दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १७१ जना डिस्चार्ज भएका छन्। यससँगै नेपालमा कोरोना भाइरसबाट मुक्त हुनेको संख्या १६६६४ पुगेको छ।

मन्त्रालयका अनुसार हाल मुलुकमा विभिन्न ठाउँमा ७२०१ जना कोरोनाका सक्रिय संक्रमितहरू छन्। त्यसमध्ये प्रदेश- १ मा ५३९, प्रदेश- २ मा ३३४७, बागमती प्रदेशमा १३५२, गण्डकीमा २२४, प्रदेश – ५ मा ६४६, कर्णालीमा १९७ र सुदूरपश्चि प्रदेशमा ८९६ जना छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १०४६२ वटा नयाँ पीसीआर नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ।

प्रतिकृया दिनुहोस्