News Portal

नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार नाघ्यो, २५ हजार ५६१ डिस्चार्ज

रातोपोस्ट संवाददाता
४३८ पटक

काठमाडौं, भदौ १९ । नेपालमा थप १३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३५९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ।

संक्रमितमध्ये २५ हजार ५६१ जना निको भएर घर फर्किएका छन्। प्रवक्ता गौतमका अनुसार शुक्रबारमात्रै कोरोनालाई जितेर १३५४ जना घर फर्किएका छन्।

प्रतिकृया दिनुहोस्