रातोपोस्ट संवाददाता
काठमाडौं, भदौ २९ । सरकारले असोज ५ गतेदेखि आन्तरिक हवाई उडान र सार्वजनिक यातायात चलाउने निर्णय गरेको छ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक हवाई उडान र लामो दूरीका सार्वजनिक यातायात चलाउने निर्णय गरेको हो।
स्वास्थ्यका मापदण्ड पूरा गर्दै लामो, छोटो र मध्यदूरीका सार्वजनिक यातायात सञ्चालन हुनेछन्। कोरोना भाइरसको जोखिम बढेसँगै चैत पहिलो हप्तादेखि आन्तरिक हवाई उडान र लामो दूरीका सार्वजनिक यातायात बन्द गरिएको थियो।