News Portal

विश्वमा ३ करोड २४ लाख नाघे कोरोना संक्रमित

रातोपोस्ट संवाददाता
४८४ पटक

काठमाडौं, असोज ९ । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २४ लाख ८ हजार ५०४ पुगेको छ । वितेको २४ घण्टामा विश्वमा ३ लाख १४ हजार ८५५ संक्रमित थपिएका छन् ।

त्यस्तै एकैदिन ५ हजार ८७२ जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख ८७ हजार १५६ पुगेको छ । विश्वमा २ करोड ३९ लाख १६ हजार ९४० जनाले कोरोना जितेका छन् ।

अहिले संक्रिय संक्रमितमध्ये ६३ हजार ३६६ जनाको स्वास्थ्य अवस्था गम्भीर छ भने ७४ लाख ९७ हजार ५६० जनाको अवस्था सामान्य रहेको छ । सबैभन्दा बढी संक्रमित भएको अमेरिकामा संक्रमितको कुल संख्या ७१ लाख ८५ हजार ४ सय ७१ जनामध्ये २ लाख ७ हजार वढीले ज्यान गुमाईसकेका छन् ।

जसमध्ये ४४ लाख ३७ हजार निको भईसकेका छन् । त्यस्तै दोस्रो स्थानको भारतमा ५८ लाख १६ हजार वढी संक्रमितमध्ये ९२ हजार ३ सय १७ जनाले ज्यान गुमाईसकेका छन् । जसमा ४७ लाख ५२ हजार निको भएका छन् ।

यस्तै तेश्रो धेरै संक्रमित रहेको ब्राजिलमा ४६ लाख ५९ हजार संक्रमितमध्ये १ लाख ३९ हजार ज्यान गुमाईसकेका छन् । जसमध्ये ४० लाख २३ हजार निको भएका छन् ।

प्रतिकृया दिनुहोस्