News Portal

नम्बर प्लेट स्पष्ट नभएका ३९९ वटा सवारी ट्राफिक कारबाहीमा

रातोपोस्ट संवाददाता
५८५ पटक

काठमाडाैँ,२९ असाेज। चाडपर्व नजिकिएसँगै सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सवारीसाधनहरूमाथि निगरानी बढाएकाे छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको, केरमेट भएको, खुईलिएको, नम्बर प्लेटको टप बङ्ग्याएको र मोटर सेफ गार्ड राखि नम्बर प्लेट ढाकिएका सवारीलाई विशेष अभियान मार्फत कडाईका साथ कारवाही गर्न थालेको छ ।

गत आइतबारदेखि शुरू भएको यस अभियानलाई कडाइका साथ कार्यान्वयन गरि हालसम्म ३९९ वटा सवारीलाई कारबाही गरि नम्बर प्लेट समेत स्पष्ट लेख्न लगाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएकाे छ ।
सवारी साधनको नम्बर प्लेट स्पष्ट देखिने गरि र तोकिएको ढाँचामा राखेर सञ्चालन गर्न सम्पुर्ण सवारी धनीहरुलाई महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्