News Portal

ओली सरकारको विकल्प छैन् : मन्त्री अर्याल

रातोपोस्ट संवाददाता
६५० पटक

स्याङ्जा, १४ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सरकारको भविष्य के हुन्छ भनेर प्रश्न उठे पनि ओली सरकारको विकल्प नरहेको बताएकी छिन् ।

आइतबार वालिङ– १२ को छाप कौलाशे लिफ्टिङ खानेपानी उप–योजनाको शिलान्यास गर्दै मन्त्री अर्यालले केपी ओली सरकारको विकल्प नभएको बताएकी हुन् । पार्टीभित्र विवाद चलिरहे पनि वर्तमान सरकारले निरन्तरता पाउनेमा द्विविधा नरहेको उनको भनाइ थियो ।

कम्युनिस्ट पार्टी गतिशील पार्टी भएकाले छलफल र विवाद स्वाभाविक हुने भन्दै उनले वर्तमान सरकार ५ वर्षसम्म निरन्तर रहनेमा ढुक्क रहन आग्रह गरिन् । सरकार देशलाई परिर्वतन गर्ने दिशामा अगाडि बढेको उनको दाबी छ । तातोपानीले घर नजल्ने भन्दै मन्त्री अर्यालले पार्टीभित्र बहस र छलफल चल्दैमा पार्टी नफुट्ने बताइन् ।

प्रतिकृया दिनुहोस्