News Portal

प्रचण्डलाई गोकुलको जवाफ : पद मागेर पाइदैन, महाधिवेशनसम्म पर्ख

रातोपोस्ट संवाददाता
७२२ पटक

काभ्रे, २० मंसिर । नेकपामा अहिले पद माग्ने होडबाजी चलेकाले पद चाहिनेभए पार्टीको आउँदो महाधिवेशन कुर्न प्रचण्डलाई आग्रह गरेका छन् । नेकपाका नेता गोकुलप्रसाद बाँस्कोटाले गृहजिल्ला काभ्रेको कार्यक्रममा प्रचण्डलाई पार्टीको आउँदो महाधिवेशन कुर्न आग्रह गरेका हुन। पद मागेर पाइने दिन गएकाले अब लडेर लिनसमेत आग्रह गरेका छन्।

नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्यसमेत रहेका बाँस्कोटाले महाधिवेशन कुर्न पनि धैर्यताको वैज्ञानिक आधार हुनुपर्ने बताए । ‘पार्टीभित्र व्यक्तिगत आरोप–प्रत्यारोपमा उत्रनु हुन्न, यसले समस्या झन बल्झाउँछ, तथ्यगत रुपमा बहस–विमर्श हुनु जरुरी छ’ उनले भने । नेकपा मिलाउने जिम्मा नेकपाकै भएकाले नेकपा नफुट्ने दाबीसमेत गरे ।

‘नेकपा फुट्न पनि सक्दैन, फुट्न पनि दिइने छैन’ उनले थपे । बाँस्कोटाले नेकपामा विवादमा अधिकतम सैद्धान्तिक, वैचारिक, राजनीतिक र तथ्यगत विषयको टुङ्गो लाग्नुपर्ने बताए । माधब र प्रचण्डको रोइलो पदको रहेकाले धैर्यता देखाएर बस्न आग्रह गरे।

प्रतिकृया दिनुहोस्