News Portal

विवाह बन्धनमा बाँधिदै मनोज गजुरेल

रातोपोस्ट संवाददाता
६३२ पटक

काठमाडौँ, २३ मंसिर । बरिष्ठ हाँस्यकलाकार मनोज गजुरेल पुनः विवाह बन्धनमा बाँधिदै छन् । बिहेको मिति भने तय भइसककेको छैन । पूर्वपत्नी मीना ढकालसंगको सम्बन्ध बिच्छेदपछि उनी बिगत केही बर्षदेखि छोरा छोरीसंगै बस्दै आएका छन् ।

करिब तीनवर्ष अगाडि मीना ढकालसँगको २२ वर्ष लामो वैवाहिक सम्बन्धलाई अन्त्य गर्दै सम्बन्ध बिच्छेद गरेका मनोजले पुनः विवाह गर्ने तयारी गरेका हुन् ।

एक टेलिभिजन कार्यक्रममा उनले आफू प्रेम सम्बन्धमा रहेको संकेत गर्दै नयाँ जीवन सुरु गर्न लागेको जनाएका छन् । यद्यपी उनलेकोसंग बिवाह हुँदैछ भन्ने समेत सिमित ब्यक्तिबाहेकलाई जानकारी दिएका छैनन् ।

प्रतिकृया दिनुहोस्