News Portal

सरकारद्वारा ३ देशको राजदूतको नाम सिफारिस

रातोपोस्ट संवाददाता
४४२ पटक

काठमाडौं, मंसिर २३ । सरकारले ३ देशका लागि राजदूत सिफारिस गरेको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस गरेको हो।

एक मन्त्रीका अनुसार मन्त्रिपरिषद्ले बैठकले श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा. कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस गरेको छ।

आज सर्वदलीय बैठक अघि मन्त्रिपरिषद् बैठक बसेको थियो। बैठकले गरेका अन्य निर्णयबारे नियमित पत्रकार सम्मेलनमा जानकारी दिइने जनाएको छ।

प्रतिकृया दिनुहोस्