News Portal

फ्रान्समा हेलिकप्टर दुर्घटना : पाँच जनाको मृत्यु

रातोपोस्ट संवाददाता
६७६ पटक

एजेन्सी, २४ मंसिर । फ्रान्समा हेलिकप्टर दुर्घटनाबाट पाँचजनाको मृत्यु भएको छ । फ्रान्सेली अल्पस्मा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो।

एक निजी कम्पनीको हेलिकप्टर साभोई क्षेत्रको बोनभिलारमा दुर्घटना भएको बीबीसीले उल्लेख गरेको छ । उद्धारका लागि गएको हेलिकोप्टर दुर्घटना हुँदा ६ मध्ये ५ जनाको मृत्यु भएको हो ।

दुर्घटनाको कारण खुलेको छैन । खराब मौसमले दुर्घटना भएको हुने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्