News Portal

सिंगापुर पठाइदिन्छु भन्दै नगद ठगी गरेको अभियोगमा एक पक्राउ

रातोपोस्ट संवाददाता
७५२ पटक

काठमाडौं, २४ मङ्सिर।  सिंगापुर पठाइदिन्छु भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले  पक्राउ गरेकाे छ। काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने सुनसरी धरान उपमहानगरपालिका-४ बुद्धचोक घर भएका जनोज लामिछाने भन्ने २७ वर्षीय विशाल दर्जीलाई आइतबार दिउँसो पक्राउ गरिएकाे हाे। पक्राउ परेका उनिमाथि  नगद ३ लाख ३१ हजार ९ सय रुपैयाँ ठगी गरेको अभियोग रहेकाे छ।

उनले १ जना महिलालाई सिंगापुर पठाइदिन्छु भन्दै ठगी गरी सम्पर्कविहीन भएको जानकारी प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एयरपोर्टबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्