News Portal

अफगानिस्तानमा महिला पत्रकारको गोली हानेर हत्या

रातोपोस्ट
८३१ पटक

काठमाडौं, २५ मंसिर । पूर्वी अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानेर हत्या गरिएको छ। हत्या हुनेमा एनिकास टिभी तथा रेडियोकी पत्रकार मलाला माएवंद रहेकी छन्। बिहीबार जलालावादमा काममा गइरहेका बेला हतियारधारीले उनको गाडीमा फायर गरेका थिए।

गाडीका चालक मोहम्मद ताहिर पनि सो हमलामा मारिएका छन्। अहिलेसम्म कुनै पनि समूहले आधिकारिकरूपमा घटनाकाे जिम्मेवारी लिएका छैनन्। सो प्रान्तका गभर्नरका प्रवक्ता अताउल्ला खोगियानीले घटनापछि हमलाकारीहरू भाग्न सफल भएको स्थानीय मिडियाललाई बताएका छन्। हालै नेटो र युरोपियन युनियनले एक वक्तव्य जारी गरेर अफगानिस्तानमा निशाना बनाएर भइरहेको हत्याको निन्दा गरेका थिए।

माएवंद एक सामाजिक अभियन्तासमेत थिइन्। उनले अफगानिस्तानमा महिला पत्रकारहरूले भाेग्नुपर्ने चुनौतीका बारेमा खुलेर बोल्ने गरेकी थिइन्। समाचार एजेन्सी रोयटर्सका अनुसार उनकी आमा पनि एक सामाजिक अभियन्ता थिइन्, जसको हत्या पाँच वर्षअघि अज्ञात बन्दुकधारीहरूले गरेका थिए। बीबीसी

प्रतिकृया दिनुहोस्