News Portal

ओलीले गरेका सबै नियुक्ति बदर गर्नुपर्छ : रामशरण महत

रातोपोस्ट संवाददाता
३५६ पटक

भैरहवा, ७ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले वर्तमान (ओली) सरकारले हरेक क्षेत्रमा राम्रा र योग्य व्यक्तिलाई नभई अयोग्य र कनिष्ठलाई नियुक्ति दिएको आरोप लगाएका छन्।

उनले अर्को सरकार बने ती नियुक्ति बदर गर्नुपर्ने पनि बताए। नेपाल प्रेस युनियन रूपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. महतले भने, ‘संवैधानिकदेखि प्रशासनिक नियुक्तिमा योग्य मान्छे नियुक्त भएका छैनन्, दलहरूबीच सहमति भएर अर्को सरकार बन्यो भने ती नियुक्ति बदर गर्नुपर्छ।’

डा. महतले केपी शर्मा ओली नेतृत्वको सरकारले कनिष्ठ व्यक्तिलाई नियुक्ति दिएर राज्य कोषको दुरुपयोग गरेको आरोप लगाए । यही कारण मुलुकको विकासले गति लिन नसकेको उनको आरोप छ। उनले भने, ‘पुँजीगत खर्च न्यून हुँदा विकास निर्माणका काम राम्रोसँग हुन सकेका छैनन्। वर्तमान सरकारले कांग्रेसका पालामा भएका राम्रा कामलाई पनि रिन्तरता दिन नसक्दा र पुँजीगत खर्चमा भ्रष्टाचार हुँदा विकास नभएको हो।’

प्रतिकृया दिनुहोस्