News Portal

नेता जोशीको सम्झनामा कांग्रेसले तीन दिन आधा झण्डा झुकाउने

रातोपोस्ट संवाददाता
७६० पटक

काठमाडौं, १४ चैत । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको सम्मानमा तीन दिन कुनै पनि औपचारिक कार्यक्रम नगर्ने भएको छ।

शनिबार बसेको कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले १७ चैतमा पार्टीका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको कांग्रेस नेता धनराज गुरुङले जानकारी दिए। बैठकले १५, १६ र १७ चैतमा देशभरी पार्टीको आधा झण्डा झुकाउने र श्रदाञ्जली सभाबाहेक कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको गुरुङले बताए।

चैत १७ गते मंगलबारका दिन केन्द्र तथा सबै जिल्ला कार्यालयहरु बन्द गर्ने र १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने पनि कांग्रेसले निर्णय गरेको छ। जोशीको १३औं दिनको पुण्यतिथिमा केन्द्र र सबै जिल्लामा भौतिक दूरी कायम गर्दै शोकसभाको आयोजना गरिने पनि कांग्रेसले जनाएको छ। मस्तिष्कघात भई एक महिनादेखि नर्भिक अस्पतालमा उपचाररत ५७ वर्षीय जोशीको शुक्रबार राति निधन भएको हो।

प्रतिकृया दिनुहोस्