News Portal

केही दिनमै सरकार परिवर्तन हुन्छ : प्रचण्ड

रातोपोस्ट संवाददाता
९२४ पटक

काठमाडौं, १४ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । नागरिक आन्दोलनको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘समर्थन फिर्ता नलिन ममाथि दबाव छ। हतार गरेर समर्थन फिर्ता लियो भने अर्को कुरा हुन्छ। अब म धेरै दिन कुर्ने वाला छैन। छिट्टै अगाडि बढ्छु। सबै राजनीतिक दलहरूको साझा सहमति कुरिरहेको छु।’

प्रचण्डले सर्वोच्च अदालतले संसद विघटन उल्टाएपछि आफूहरुले रिल्याक्स महसुस गरेको बताए । ‘त्यसलाई ठूलो युद्ध जितेको ठानेर हामीले रिल्याक्स गरेकै हो, त्यो गल्ति भयो,’ प्रचण्डले भने ।

प्रतिकृया दिनुहोस्