News Portal

चितवनमा बस र स्कुटर ठोक्किँदा एकै परिवारका तीनको मृत्यु

रातोपोस्ट संवाददाता
७१४ पटक

चितवन, १४ चैत । चितवनमा यात्रुबाहक बस र स्कुटर एक आपसमा ठक्कर खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । शनिबार साँझ भरतपुरबाट–माडीठोरी चल्ने भित्री सडकखण्डको पकौडीमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नं को यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ना.४० प ७०८२ नं को स्कुटर ठक्कर खांदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्कुटरमा सवार भरतपुर-६ गीतानगर बस्ने ४५ वर्षीय मोहन अधिकारी र स्कुटरमै सवार १७ वर्षीया उनको छोरी बिनिसा अधिकारी र दाइको छोरी १७ वर्षीया दिबिसा अधिकारीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते तीनै जनाको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्