News Portal

विप्लव र बाबुराम भट्टराईबीच भेटवार्ता

रातोपोस्ट संवाददाता
६९६ पटक

काठमाडौं , १ साउन। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र “विप्लव”, सचिवालय सदस्य धर्मेन्द्र बास्तोला “कञ्चन” र जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

शुक्रबार विहान भट्टराईको निवास पुगेर विप्लवले भेटवार्ता गरेका हुन् । पछिल्लो समय विप्लवले राजनीति भेटघाटलाई तीव्र बनाएका छन् ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड , एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरूसँग पनि महासचिव विप्लवले राजनीतिक भेटघाट गरिसकेका छन्,।

प्रतिकृया दिनुहोस्