News Portal

आज एकै दिन ३ हजार ४ सय २१ जना संक्रमित थपिए

रातोपोस्ट संवाददाता
४७२ पटक

काठमाडौं, ११ साउन ।  पछिल्लो २४ घण्टामा ३ हजार ४ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार दुई सय ४० जनाको पीसीआर र ५ हजार ३२ जनाको एन्टिजेन गरी १७ हजार दुई सय ७२ जनाको परीक्षण गर्दा तीन हजार चार सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो कुल परीक्षणको झन्डै २० प्रतिशत हो । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ३८ हजार नौ सय १८ जना पुगेको छ । यस्तै गएको २४ घण्टामा १ हजार ६ सय ८६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ४५ हजार ३०१ पुगेको छ ।

आज थप २५ जनाले  कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ७ सय ३८ पुगेको छ । अहिले नेपालमा २७ हजार ९ सय ८ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ६ सय ६९ जनाको आईसीयू र एक सय ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्