News Portal

ओलीले ल्याएको र देउवाले ल्याएको अध्यादेशमा आकाश–जमिनको फरक : प्रचण्डको दाबी

रातोपोस्ट संवाददाता
४०२ पटक

काठमाडाैं, ३ भदाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, लोकतन्त्र र गणतन्त्र रक्षाका लागि ल्याएको भन्दै राजनीतिक दल सम्बन्धीअध्यादेशको बचाउ गरेका छन् । विगतमा केपी ओली सरकारले ल्याएको अध्यादेश र अहिलेको अध्यादेशमा आकाश–जमिनको फरक रहेको उनले दाबी गरे ।

निरपेक्ष ढंगले दुवै अध्यादेश एउटै हुन भन्न नमिल्ने जिकिर उनले गरे । ‘हिजो ओलीले अध्यादेश ल्याउँदा विरोध गरेको हो, अहिले नयाँ सरकारले किन अध्यादेश ल्याएको भन्दै मिडिया र बौद्धिक जगतले प्रश्न गरिरहेको छ। प्रचण्डले भने, ‘एउटाको उद्देश्य संविधान, लोकतन्त्र, गणतन्त्र भत्काउनु थियो, अर्कोको संविधान, गणतन्त्र र लोकतन्त्र रक्षा गर्नु आकाश–जमिनको फरक थियो । निरपेक्ष ढंगले सबै अध्यादेश उस्तै हुन् भन्ने कुरा गलत हो ।’

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले बुधवार राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । संसदको अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याएको भन्दै सरकारको चर्को विरोध भइरहेको छ ।

प्रतिकृया दिनुहोस्