News Portal

वीर अस्पतालका डा.अशेष ढुंगानाद्धारा पदक नलिने घोषणा

रातोपोस्ट संवाददाता
५४८ पटक

काठमाडौं, ३ असाेज । वीर अस्पतालका छाति रोग विशेषज्ञ डा अशेष ढुंगानाले सरकारले घोषणा गरेको प्रवल जनसेवाश्री पदक नलिने बताएका छन्।

डा ढुंगानाले सामाजिक सञ्जाल मार्फत संविधान दिवसको अवसरमा सरकारले घोषणा गरेको पदक नलिने निर्णय गरेको बताएका हुन् । उनले राष्ट्रसेवा, बिरामीको सेवा र उपचार गर्दा मान, पद वी वा सम्मानको आशाले गर्न नहुने तर काम गर्दै जाँदा पुरस्कार पाउदा खुशी भने लागेको बताएका छन्।

तर पदक दिंदा विभूषण सिफारिस कार्यविधि एवं प्रदान सम्बन्धि मापदण्ड २०७५ अनुसार नेपाल सरकार निजामती कर्मचारीको तहरश्रेणी र शैक्षिक पद सहप्राध्यापक सहर नमिलेकाले आफुले पदक अस्वीकार गरेको डा ढुंगानाले बताएका छन्।

प्रतिकृया दिनुहोस्