News Portal

दुर्गा प्रसाईं औपचारिक रुपमा एमालेमा प्रवेश

रातोपोस्ट संवाददाता
३४६ पटक

झापा, ७ कार्तिक । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं विर्तामोडमा आयोजित कार्यक्रमबाट आज नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा दुर्गा प्रसाईं पार्टी प्रवेश गरेका हुन् ।

एमाले पार्टीको विधान महाधिवेशनमा सक्रिय रुपमा देखिएका दुर्गा प्रसाईं आज भने औपचारिक रुपमा पार्टी प्रवेश गरेका हुन् । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेका नेता आजबाट बनेका छन् व्यवसायी प्रसाईं ।

दुर्गा प्रसाईंले एमाले प्रवेश गर्नुको उद्देश्य पार्टीका अध्यक्ष केपी शर्मा ओली र उहाँको देश निर्माण गर्ने लक्ष्य रहेको बताएका छन् । कार्यक्रममा बोल्दै प्रसाईंले भने, “मैले माओवादी केन्द्रलाई वर्षौं काँधमा बोकेर हिंडे तर प्रचण्डले बाटो बिराएपछि मैले देश निर्माण गर्ने पार्टी भनेको एमाले नै हो भनेर यो पार्टी प्रवेश गरेको हुँ । मैले एक दिन मै यो निर्णय भने गरेको होईन । अध्यक्ष ओलीसंग सयौं चोटी भेटेको छु उहाँको योजना सुनेको छु र कार्यशैली देखेको छु । म प्रभावित भएर एमाले प्रवेश गरेको हुँ ।”

दुर्गा प्रसाईंलाई स्वागत गर्न अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा पुगेका थिए । कार्यक्रम स्थलमा पुगेर केपी ओलीले सबैलाई स्वागत गरे भने सम्बोधन समेत गरेका छन् । एमालेका सांसद सुवासचन्द्र नेम्वाङ्गले दुर्गा प्रसाईंको खुलेर तारिफ गर्दै एमाले पार्टीमा स्वागत गरेका छन् ।

प्रतिकृया दिनुहोस्