News Portal

सिंहदरबारभित्र गोली चल्‍यो !

रातोपोस्ट संवाददाता
३९८ पटक

काठमाडाैं १० कार्तिक । सिंहदरबारमा बुधबार दिउँसो गोली चलेको छ। राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओले बोकेको पेस्तोलबाट गोली चलेको हो। यद्यपि, उक्त गोली कसैलाई लागेको छैन।

पीएसओ प्रहरी सहायक निरीक्षक (असई) अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको प्रहरीले जनाएको छ। उनले बोकेको पेस्तोल मिस ह्याण्डलिङ भएपछि गोली चलेको हो। ‘असईले पेस्तोल प्याक गर्ने क्रममा पड्किएको हो। जानीजानी गरेको होइन,’ एक प्रहरी अधिकृतले भने, ‘गोली कसैलाई लागेको छैन।’

घटनाबारे असई भारतीसँग आवश्यक सोधपुछ भइरहेको प्रहरीले स्रोतले जनाएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, एआईजी हरि पालले पनि गोली चलेको पुष्टि गरे।

प्रतिकृया दिनुहोस्