News Portal

५४० जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
३२६ पटक

काठमाडाैँ, २२ पुस । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ९९ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

त्यस्तो सोही अवधिमा २७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख १३ हजार ४४७ पुगेको छ । नेपालीमा निको हुनेदर ९७.९ प्रतिशत रहेको मन्त्रालयल जनाएको छ ।

त्यस्तो कोरोनाका कारण आज थप १ जनाको निधन भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६०२ पुगेको छ । आज देशभर ५ हजार ४३१ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिकृया दिनुहोस्