News Portal

आज ९६८ जनामा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
४०७ पटक

काठमाडाैँ, २३ पुस । छिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९७१ नमूना परीक्षणमध्ये ५७२ पीसीआर र ३९६ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्यु भने कसैको भएको छैन । हालसम्म मृत्यु संख्या ११ हजार ६०२ पुगेको छ ।

मन्त्रालयका अनुसार थप २६२ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख १३ हजार ७०९ पुगेको छ । हाल मुलुकभर ५ हजार ७४१ सक्रिय संक्रमित छन् ।

प्रतिकृया दिनुहोस्