News Portal

३,०७५ जनामा संक्रमण पुष्टी, २ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
३१८ पटक

काठमाडौं, २८ पुस । पछिल्लो २४ घन्टामा देशभर ३०७५ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ३३ नमुना परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । त्यस्तै गत २४ घन्टामा २७८ जना कोरोनामुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा २ लाख १४ हजार ५७ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् । नेपालमा अहिलेको अवस्थामा ११ हजार ६ सय ९० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्