News Portal

नेपाल टेलिभिजनकाे कार्यकारी अध्यक्षमा समीरजंग शाह नियुक्त

रातोपोस्ट संवाददाता
५१२ पटक

काठमाडाैं, १७ माघ । सरकारले नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा पत्रकार समीरजंग शाहलाई नियुक्त गर्ने निर्णय गरेकाे छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले शाहलाई टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकाे हाे।

रेडियो नेपालमा कार्यरत शाहले केही समयअघि रेडियो नेपालबाट राजीनामा दिएका थिए । जाजरकोट निवासी पत्रकार शाह नेपाल प्रेस युनियनका पूर्वसभापति हुन्।

केपी शर्मा ओली नेतृत्वकाे सरकारले कार्यकारी अध्यक्ष नियुक्त गरेका महेन्द्र विष्टले शेरबहादुर देउवा नेतृत्वमा सरकार गठनपछि राजीनामा दिएका थिए।

प्रतिकृया दिनुहोस्