News Portal

पत्रकार मुक्ति पौडेलद्वारा एमाले परित्याग

रातोपोस्ट संवाददाता
९६१ पटक

काठमाडौँ, १८ माघ । नेकपा एमाले निकट प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मुक्ति पौडेलले प्रेस चौतारी र नेकपा एमाले परित्याग गरेका छन् । पत्रकार पौडेलले आज एक विज्ञप्ति प्रकाशित गरी चौतारीको केन्द्रीय सदस्य र एमाले परित्यागको घोषणा गरेका हुन् ।

पौडेल प्रेस चौतारी झापाको उपाध्यक्ष, अध्यक्ष हुँदै केन्द्रीय सदस्य भएका हुन् । उनले नेकपा एमालेले प्रजातिन्त्रक प्रक्रिया र लोकतान्त्रिक विधि पालन नगरी व्यक्तिवाद हावी भएकाले संगठन र पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा विधि, पद्धति, सिद्धान्त, सदाचार र नागरिक अधिकारका लागि क्रियाशील हुने उल्लेख गरेका छन् । पौडेल काँकरभिट्टाबाट प्रकाशित जनसंसद दैनिकका प्रधान सम्पादक हुन् ।

प्रतिकृया दिनुहोस्