News Portal

कमल थापाले छोडे राप्रपा

रातोपोस्ट संवाददाता
५२७ पटक

हेटौडा, २५ माघ । राप्रपाका पूर्व-अध्यक्ष कमल थापाले पार्टी त्यागको घोषणा गरेका छन्। मंगलबार गृहजिल्ला मकवानपुर पुगेका थापाले पार्टी छाडेको घोषणा गरेका हुन्।

थापाले पार्टी भित्र देखा परेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गर्ने आफ्नो चाहना सुनुवाइ नहुने देखेपछि पार्टी त्यागको अप्रिय निर्णय लिनुपरेको बताए।

राजनीतिक जीवन पार्टी भित्रै बिताउने र पार्टीमा रमाउने आफ्नो उत्कट चाहना पुरा गर्न नपाएको भन्दै थापाले दु:ख व्यक्त गरेका छन्। स्मरणीय छ थापाले राप्रपा त्याग्ने कल्पना त गरेका थिएनन् नै तर पार्टी एकताताका पार्टी विभाजन नगर्ने भन्दै गीता छोएर कसम समेत खाएका थिए।

प्रतिकृया दिनुहोस्