News Portal

बिएण्डसीकाे बेडमा लडिरहेकी अनिषाकाे जिवन बचाइदिन श्रीमानकाे अपिल

रातोपोस्ट संवाददाता
११८५ पटक

झापा, २२ फागुन । झापाको मेचीनगर ३ निरगञ्ज गाउँमा बसोबास गर्ने ३१ बर्षिय अनिषा लिम्बु यतिबेला मृत्युसगँ लडिरहेकी छिन् । विगत १२ दिनदेखि उनि झापाको विर्तामोड स्थित बिएण्डसी अस्पतालको बेडमा छिन् ।

उनको दुवै मृगौला खराब भएको तथा फोक्सोमा पनि समस्या भएको चिकित्सकले बताएका छन् । सामान्य मजदुरी गर्ने परिवारकी उनको आर्थीक अभावका कारण उपचारमा समस्या आएको छ ।हामी त मजदुरी गरेर परिवार चलाउने नागरिक हौँ, एक्कासी उनि बिरामी भइन् ।’ अनिषाका श्रीमान प्रेम लिम्बु भन्छन् ‘उपचार गराउँदा गराउँदै भएको सबै पैसा सकियो, अब कसरी उपचार गराउने हामी त अन्योलमा छौँ ।’

उपचारको खर्च अहिलेसम्म ९ लाख रुपैँया आइसकेको उनको भनाई छ । ‘ऋण खोजेर अहिलेसम्म १ लाख रुपैँया जति अस्पतालमा बुझाएका छौँ, अब बाँकी पैसा कसरी जुटाउने’ अस्पतालमा यताउता गरिरहेका उनि यही सम्झिएर टोलाइरहन्छन् । मेचीनगर ३ को निरगञ्ज गाउँमा उनिहरुको सानो घर छ । घरमा २ छोराहरु छन् । बाँकी परिवार पनि छ । तर आयस्रोत एकदमै नाजुक रहेको उनि बताउँछन् ।

‘हामीजस्तोको परिवारमा एक्कासी ठुलो बज्रपात प¥यो, सबैले सहयोग गरेर श्रीमतीलाई बचाइदिन मेरो सबैलाई अपिल छ ।’ उनले भने ।अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेकी अनिषाको अवस्था पनि अचेत छ ।उनि खानसम्म पनि नसक्ने अवस्थामा छिन् । यता अस्पताल प्रसाशनले उपचारको पैसा बुझाउन लगातार ताकेता गरिरहेको छ । तर पैसा कसरी बुझाउने अनयोलमा छन् अनिषाका श्रीमान प्रेम । फेरीपनि सबैले सहयोग गरेर मेरो परिवारलाई ठुलो बज्रपातबाट बचाइदिन म सबैलाई अपिल गर्दछु ।’ मलिन स्वरमा उनले भने ।

प्रतिकृया दिनुहोस्