News Portal

झापा गोल्डकप : आज एपिएफ र सातदोबाटो खेल्दै

रातोपोस्ट संवाददाता
५२१ पटक

झापा, २३ फागुन । पाँचौँ संस्करणको झापा गोल्डकपमा आज शसस्त्र प्रहरीको एपिएफ क्लब र सातदोबाटो युथ क्लब काठमाडौं बीच पहिलो क्वार्टरफाइनलका खेल हुदैछ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने मोफसलकै सर्वाधिक लोकप्रिय पाँचौ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेलमा आज एपिएफ र सातदोबाटो दुवै टिम नतिजा आफ्नो पक्षमा पार्दै अन्तिम चारमा सुरक्षित हुने दाउमा हुनेछन् । यी दुई टिमको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । प्रतियोगितामा एपिएफ सोझै क्वार्टर फाइनलमा पुगेको टिम हो भने, सातदोबाटोले जावलाखेललाई हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेको थियो ।

फागुन ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार पाउनेछन् । उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको ‘मस्ट भ्यालुएवल प्लेयर’ले एक थान मोटर साइकल पाउनेछ । यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगर २१ हजार रुपैयाँ दिइने आयोजकका अध्यक्ष विनोद बस्नेतले बताए ।

प्रतिकृया दिनुहोस्