News Portal

नारी दिवसकाे अवसरमा झापा गोल्डकपमा आज महिलालाई प्रवेश निःशुल्क

रातोपोस्ट संवाददाता
३६९ पटक

झापा, २४ फागुन । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी पाँचौं झापा गोल्डकपमा मंगलवार महिलाहरुका लागि विशेष छुटको व्यवस्था गरिएको छ ।

मुल आयोजक समितिका अनुसार ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिलालाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । महिला दिदि बहिनीले मंगलवारको खेल हेर्न कुनै शुल्क तिर्नु नपर्ने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

आजको दोस्रो क्वार्टर फाइनल खेल संकटा क्लब र थ्री स्टर क्लबबीच हुदैंछ । संकटाले नेपाल पुलिस क्लबलाई पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको हो भने थ्री स्टार सोझै क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।

प्रतिकृया दिनुहोस्