News Portal

काँकरभिट्टा बहुमुखी क्याम्पसमा लागुऔषध र साइबर अपराधबारे सचेतना

रातोपोस्ट संवाददाता
६७८ पटक

झापा, २४ फागुन । झापाकाे मेचीनगर स्थित काँकरभिट्टा बहुमुखी क्याम्पसमा ११२ औं नारी दिवसको अवसारमा लागुऔषध र साइबर अपराधबिरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र काँकरभिट्टा बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा क्याम्पसको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

काँकरभिट्टा बहुमुखी क्याम्पसका अध्यक्ष कमल थापाको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी सुनिल सिहं दाहालले लागुऔषध र साइबर अपराधबारेमा प्रशिक्षण दिएका थिए । दाहालले लागुऔषध भनेको के हो ? लागुऔषधको प्रकार, दुव्र्यसनका कारण, यसबाट बच्ने उपायहरु, कानुनी व्यवस्थालगायतका विषयमा प्रकाश पारेका थिए ।

त्यस्तै, पछिल्लो समयमा मोबाईल प्रयोगले पारेको सामाजिक असर र कानुनी व्यवस्थालगायतका विषयमा उनले प्रशिक्षण दिएका थिए । समाज सचेत बनाउन यस्ता कार्यक्रमहरु महत्वपूणर् भूमिका खेल्ने कार्यक्रमका प्रमुख अथिति मिना उप्रेतीले बताइन् । युवा वर्गमा लागुऔषध र साइबर अपराधबाको समस्या देखिएको हुँदा युवा र अभिभावक सचेत हुन आवश्यक रहेको उप्रेतीको भनाई थियो ।

प्रतिकृया दिनुहोस्