News Portal

काँकडभिट्टामा ब्राउन सुगरसहित दुई जना पक्राउ

रातोपोस्ट संवाददाता
२८३ पटक

झापा, २ श्रावण । झापाको मेचीनगर- ६ स्थित काँकडभिट्टाबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा इलाम जिल्ला फाकफोकथुम- १ का २७ वर्षीय प्रकाश गुरुङ र पाँचथर जिल्ला फिदिम नगरपालिका- ८ का २१ वर्षीय लक्षुमान तामाङ रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट चेकजाँचमा खटिएका प्रहरी टोलीले सोमबार बिहान भारतबाट नेपाल तर्फ आउँदै गरेका उनीहरूको साथबाट १४ ग्राम ब्राउन सुगर बरामद गरेको हो । ब्राउन सुगरसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्