News Portal

पिकअपको ठक्करबाट अटो चालकको मृत्यु

रातोपोस्ट संवाददाता
३०० पटक

सुनसरी, श्रावण । सुनसरीमा पिकअपको ठक्करबाट अटो चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक मोरङ सुन्दरहरैचा ३ का ३२ वर्षीय डम्बर कुमार दर्जी रहेका छन् ।

जिल्लाको रामधुनी- २ तित्रीबन चौकस्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्र १-०१-००१ च ७६५० नम्बरको पिकअपले विपरीत दिसातर्फ जाँदै गरेको को २ ह ७२९९ नम्बरको अटोलाई ठक्कर दिँदा अटो चालक दर्जी घाइते भएका थिए ।

घाइते उनको इटहरी एपेक्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । पिकअप र चालक इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्