News Portal

कोटीहोमको मूल मन्दिरको दान पेटिका फुटाएर नगद चोरी

रातोपोस्ट संवाददाता
३६२ पटक

झापा, १३ श्रावण । झापाको कनकाई नगरपालिकामा रहेको प्रसिद्ध धार्मिक स्थल कोटीहोम को मुल मन्दिरबाटै ४ वटा दान पेटीका फोरेर नगद चोरी भएको छ ।वोलबमको सिजन भएकोले यस क्षेत्रमा अत्याधिक भक्तजनले रुपियाँ दान पेटिकामा राखेको थाहा पाएपछि लागुऔषध प्रयोगकर्ताले दान पेटिका चोरी गरेको हुनसक्ने स्थानीयको भनाई छ ।

कोटीहोम क्षेत्र जुन रुपमा धार्मिक रुपमा पूर्वमा ख्याति कमाएको छ त्यति नै रुपमा लागुऔषध प्रयोगकर्ता र अझ वन क्षेत्र भएकोले लागुऔषध खरिद विक्रीका लागि समेत सुरक्षित स्थल मानिदै आएको छ । रातीको समयमा दान पेटिकाको चाबी तोडेर सबै रुपैँया लगिएको पाइएकोले मन्दिरमा भएको सिसि टिभी फुटेज समेतलाई आधार मानेर थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख मानबहादुर जिम्बाले बताए ।

समितिको ध्यान मन्दिरको सुरक्षा भन्दापनि बजेट ल्याएर भौतिक संरचना बनाउने र फलानो समितिको फलानो पद भन्दै मख्ख पर्दै ठिक्क भएको स्थानीयवाशीको भनाई छ । कोटीहोम मन्दिरमा यस अगाडि समेत पटक पटक चोरी भएको घटना छ । यस पटक समेत मन्दिरभित्रै राखेको सबै दानपेटीका मुल मन्दिर समेत फुटाएर चोरी भएपछि सर्वत्र चासो र जिज्ञासा छाएको छ । मन्दिरका पुजारी पुष्प खतिवडाले आफुहरु राती साढे ११ बजेसम्म मन्दिरमा बसेको र आफु सुतेपछि मन्दिर चोरी भएको हुनसक्ने बताए ।

कोटीहोम धार्मिक विकास संस्थाका सदस्य यामप्रसाद खतिवडाले पटक पटक मन्दिरमा चोरी हुन थालेपछि मन्दिर सुरक्षाका लागि चौकीदार राख्ने कुरा उठेपनि हाललाई सिसि टिभी सम्म राखिएको बताउँनुभयो ।यसअघि एउटा दान पेटिका मन्दिर फुटाएर चोरी गर्ने हालपनि जेलमै रहेका छन एउटै दान पेटीका फुटाउदा २२ हजार रुपैँया लगेका थिए यसरी हेर्दा बोलबमको समेत सिजन भएकोले एक लाख रुपैँया भन्दा वढी रुपैँया दानपेटिकाबाट चोरी भएको हुनसक्ने आंकलन गरिएको छ ।

प्रतिकृया दिनुहोस्