News Portal

प्राकृतिसंग रमाउँदै बालबालिका

रातोपोस्ट संवाददाता
१२७३ पटक

झापा,२१ श्रावण । शनिबार बिहान म रिपोर्टिङको क्रमा मेचिनगर- ४ बाहुनडाँगी देखि भित्र पर्ने सशस्त्र पाेष्ट वरिपरि एक समुह ८/९ देखि १८/ १९ वर्षका भाइबहिनीहरु प्रकृतिसँग रमाउदै वरपर रहेका मन लोभ्याउने दृश्यहरु कापीका पानाहरुमा उतार्दै गरेको भेटे ।

सानासाना भाइबहिनी धमिलो गगन हरिया खेतबारी अनि कुहिरोले ढाकेको ती डाँडाकाडाहरु देखेर सायद कसकाे मन नलोभ्याउला र मलाई पनि एकछिन बसेर हेर्न मन लाग्यो । खेतमा धान गोड्दै गरेका मानिहरु अनि आफ्नै संसारमा रमाउँदै गरेका बकुला अनि अन्य चराचुरुङ्गी यो सबै देखेर मैले पनि आन्नदको महसुस गरेकाे थिए ।

मैले ती भाइबहिनीहरुलाइ सोधे ? तपाईंहरुलाई यस्तो आखा अगाडी रहेको बस्तुहरु बनाउना गार्हो हुदैन ? भाइबहिनीहरु भन्दै थिए, हामीलाई प्रकृति धेरै मन पर्छ प्रकृतिमा पाइने ढुङ्गामाटो, बोटबिरुवा, डाँडाकाडा खोलाखोलसा, पार्टीपौवासँग खेल्न अनि खेलेका कुराहरुलाई कापीका पानामा उतार्न एकदमै मनपर्छ भन्दै ती बालबालिका खुसी भएका थिए । नेपालमा यस्ता धेरै ठाउँहरु छन् । जुन ठाउँहरुमा रमाइलो गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्