News Portal

फिदिममा सुत्केरीको ज्यान गयो

रातोपोस्ट संवाददाता
३९१ पटक

पाँचथर,२२ साउन । जिल्लाको गणेशमान सिं सामुदायिक अस्पतालमा सुत्केरी महिलाको मृत्यू भएको छ । शनिवार राती थप उपचारको लागि बाहिर लैजाने तयारी गर्दैगर्दा फिदिम ६ शिवाकी १९ बर्षिय करिना फागो (तुम्रोक) को मृत्यु अस्पतालले पुष्टि गरेको छ ।

श्रावण २१ गते विहान २ बजे अस्पताल भर्ना भएकी उनको २१ गते विहान ८ बजे नर्मल डेलिभरी भएको थियो । दिउसो आफन्तहरु सबै संघ भेटघाट गरेकी करिनाको बेलुका स्वाथ्य अवस्थामा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताए । बेलुका रगतको मात्रा कम देखिएको र उनलाइ थप रगत समेत दिइएको बताइएको छ ।

बेलुका साढे ९ बजे तिर शरिरमा थप ब्लडको मात्रा कम देखिएको कारण रगत दिइएको र उनलाइ आवश्यक पर्ने थप रगत अस्पतालका कर्मचारी समेत लागेर ब्यावस्थापन गरि उपचारको लागि झापा पठाउन एम्बुलेन्समा चढाउदै गर्दा उनि वेहोस भएको बताइएको छ ।

एम्बुलेन्सबाट निकालेर पुन उनलाइ अस्पतालमा उनको उपचारको प्रयास भएको बताइएको छ । शरिरमा रगतको मात्रा कम हुदा थप रगत दिइएको त्यसपछि रक्तश्राव समेत रोकिएको तर अचानक प्रेशर घटन थालेकोे उपचारमा संलग्न चिकित्सकले बताएका छन् । यसलाइ मेडिकल भाषामा PPH भइ ARDS मा गएका कारण भएको मृत्यु भनिने चिकित्सकले बताएका छन ।

प्रतिकृया दिनुहोस्