News Portal

कारको ठक्करबाट मेचीनगरका ११ वर्षीया बालककाे मृत्यु

रातोपोस्ट संवाददाता
७१ पटक

झापा, ९ बैशाख । झापाको बिर्तामोडमा कारको ठक्करबाट मेचीनगर-१२ का एक बालकको मृत्यु भएको छ ।

गएराति १०.३० बजेको समयमा बिर्तामोडको मुक्तिचोकमा चारपानेबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र.– १००१.००२ च १९० नम्बरको कारले पैदलयात्री मेचीनगर नगरपालिका वडा नं. १२ बस्ने गोपाल रोकाका ११ वर्षीय छोरा सन्तोष रोकालाई ठक्कर दिएको थियो । टाउको र दुबै हात खुट्टामा चोट लागेर गंभीर घाईते भएका बालकलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएकोमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनापछि कार चालक मेचीनगर नगरपालिका वडा नं. १ बस्ने २६ वर्षीय रोनस परियारलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्