News Portal

सुहाङलाई २६ सयभन्दा बढी मतको अग्रता, रास्वपा चौथो

रातोपोस्ट संवाददाता
१०० पटक

इलाम, १७ बैशाख । प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । २० हजार ५ सय ३६ मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ६ सय ३ को मतान्तर बनाएका हुन् ।

सुहाङले ८ हजार ४ सय ८७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ५ हजार ८ सय ४४ मत ल्याएका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार २ सय ६२ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार २ सय ६९ मत सहित चौथो स्थानमा सीमित छन् ।

प्रतिकृया दिनुहोस्