News Portal

झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

रातोपोस्ट संवाददाता
९५ पटक

झापा, १७ बैशाख । झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्नेका लागि प्रहरीले गोली चलाएको छ। नेपाल भारत सीमा नाका झापा गाउँपालिका-६ स्थित कामाटोली प्रहरीले सोमबार साँझ ६ बजे ३ राउन्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए।

भारतबाट लागुऔषध बोकेर नेपालतर्फ आइरहेका अन्दाजी ३० वर्षीय अबदुल रसिद मियाले प्रहरीमाथि आक्रमण गरेपछि प्रतिकारमा प्रहरीले गोली चलाएको एसपी केसीले बताए। प्रहरीले मियालाई नियन्त्रणमा लिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिकृया दिनुहोस्