News Portal

सिम्रिक सहकारीद्वारा ऋणी सदस्यको कर्जा मिनाहा

रातोपोस्ट संवाददाता
२५३ पटक

झापा, ३० बैशाख । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले एक जना ऋणी सदस्यको कर्जा मिनाहा गरेको छ । झापाको मेचीनगर- ८ निवासी देवी विश्वकर्माको मृत्युपछि कर्जा मिनाहा भएको हो ।

सिम्रिक सहकारीमा नियमित वित्तिय कारोवार गर्दै आएकी विश्वकर्माको गत फागुन १९ गते सडक दुर्घटनामा परि मृत्यु भएकाे थियाे । विश्वकर्माको मृत्युपछि उनले संस्थामा तिर्न बाँकी देखिएको दुई लाख ६४ हजार रुपैयाँ ऋण मिनाहा गरिएको सिम्रिक सहकारी संस्थाका धुलाबारी शाखाका प्रमुख फणिन्द्र भट्टराईले बताए ।

सहकारी संस्थाका जोखिम बिभागका बिजय बस्नेतका अनुसार ऋणी सदस्यको मृत्युपछि कर्जा मिनाहा गर्ने संस्थागत नीति रहेकाे जानकारी दिए ।

संस्थाले कर्जा मिनाहा गर्दै उक्त रकम विश्वकर्माका श्रीमान कुमार विश्वकर्मालाई उपलब्ध गराएको छ । कार्यक्रममा मेचीनगर-८ का वडा अध्यक्ष गिरिराज धमला, जोखिम बिभाग बिजय बस्नेत, आईटी बिभाग बिजय पाण्डे र धुलाबारी शाखा प्रमुख फणिन्द्र भट्टराईको उपस्थितिमा कर्जा मिनाहाको जानकारी पत्र दिइएको थियाे ।

प्रतिकृया दिनुहोस्