रातोपोस्ट संवाददाता
झापा, १७ जेठ । झापाको भद्रपुरमा शुक्रबार बिहान एक युवतीमाथि धारिलो हतियारले आक्रमण भएको छ । भद्ररपुर-६ कि श्रेया राईमाथि सोही स्थानका अभिषेेक कर्णले दाउ प्रहार गरेका हुन् ।
१७ बर्षिया श्रेयामाथि दाउ प्रहार गर्ने १८ बर्षिय अभिषेकलाई भाग्दै गर्दा प्रहरी चोकी घोडामाराले नियन्त्रणमा लिएको जनाएको छ । घाईते श्रेयालाई तत्काल उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगि उपचार भईरहेकोमा थप उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।
घाईतेको टाउको, दुबै हातमा चोट लागेको प्रहरीश्रोतले जनाएको छ। घटनाको कारणबारे अनुसंधान गरिरहेको प्रहरीको भनाई छ । घटना आज बिहान साढे १० बजेको हो ।