News Portal

धाइजनमा स्कुटी दुर्घटना हुँदा दुई जनाको मृत्यु

रातोपोस्ट संवाददाता
११२ पटक

झापा, २४ जेठ । झापा मेचीनगर वडा- १२ माथिल्लो धाईजनस्थित मेची राजमार्गमा स्कुटी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा स्कुटी चालक झापा बुद्धशान्ति गाउँपालिका वडा नम्वर–५ बस्ने वर्ष अन्दाजी २५ का लिलाप्रसाद ढुंगेल र सोहि स्कुटीमा पछाडि सवार ईलाम रोङ गाउँपालिका वडा नम्बर –५ बहुवन बस्ने अन्दाजी बर्ष २९ का चेतन रिजाल रहेका छन् ।

गएराति १०.४५ बजेको समयमा मेचीनगर नगरपालिका वडा न. १२ माथिल्लो धाईजनस्थित मेची राजमार्गमा चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे ७ प ७२८३ नम्वरको स्कुटीले हाईवेको बाँया साईडमा बिग्रिएर रोकिराखेको को १ च ७२६४ नम्वरको बोलेरो पिकअपलाई ठक्कर दिई दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका दुवैलाई बीएण्डसी अस्पताल बिर्तामोड पु्र्याउनसाथ राति ११ बजे चिकित्सकले दुबै जनालाई मृत घोषणा गरेका थिए । स्कुटी र बोलेरो पिकअप गाडी प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेको र बोलेरो पिकअप चालक सम्पर्कमा नभएको हुँदा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्