News Portal

स्वास्थ्य स्वयमसेविका चौधरीलाई मेचीनगरद्वारा सम्मान

रातोपोस्ट संवाददाता
१५० पटक

मेचीनगर, १२ असार । मेचीनगर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई नगदसहित सम्मान गरेको छ ।

बुधबार नगर कार्यपालिकाको दोस्रो नगरसभाको पाँचौँ अधिवेशनको समापनसत्रको अवसरमा महिला स्वास्थ्य स्वयमसेविका तेजमणि चौधरी मेचेलाई नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले नगद एक लाखसहित सम्मान गरेका हुन् ।

६० वर्षको उमेरसम्म निरन्तर महिला स्वयमसेविकाको रूपमा रहेर समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेर हाल अनिवार्य अवकाशप्राप्त मेचीनगर ८ निवासी मेचेलाई नगदसहित सम्मानपत्रले सम्मान गरिएको छ । नगरपालिकाले यसअघि पनि नगरका १२ जना महिला स्वास्थ्य स्वयमसेविकाहरूलाई सम्मान गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्