News Portal

बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जनलाई १० वर्ष कैद

रातोपोस्ट संवाददाता
४६ पटक

काठमाडौं, १७ असार । बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर रामबहादुर बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्तिको सजाय तोकिएको छ। सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई सोमबार सजाय निर्धारण गरेको हो। भण्डारीको इजलासले यसअघि असार १० गते बम्जनलाई दोषी ठहर गरेकोमा आज सजाय तोकेको हो।

आफूलाई तपस्वी भन्ने बम्जनले ०७३ साउन २० गते राति करिब साढे ९ बजेतिर आश्रममा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो।

घटना भएका वेला पीडित बालिका १५ वर्षकी मात्र थिइन्। उनी १८ वर्षकी भएपछि २३ माघ ०७६ मा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो। उजुरीपछि उनी गत पुस २४ गते काठमाडौंको बुढानीलकण्ठ नगरपालिका– ६ स्थित निवासबाट पक्राउ परी असार १० गते अदालतबाट दोषी ठहर भएका थिए।

प्रतिकृया दिनुहोस्