News Portal

नेपाल राष्ट्रिय पर्यटन व्यवसायीको अध्यक्षमा अर्जुन कार्की चयन

रातोपोस्ट संवाददाता
४१० पटक

झापा, २० साउन । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन झापा जिल्लाको प्रथम अधिवेशन शनिबार बिर्तामोडमा सम्पन्न भएको छ । अधिवेशनबाट अर्जुन कार्कीको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ । समितिको महिला उपाध्यक्षमा अम्बिकादेबी खरेल, उपाध्यक्षमा बाबुराम घिमिरे, सचिवमा राजु गौतम, कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा गोपाल सिटौला, न्युटन कार्की, रबिन भट्टराई, रबिन गन्दर्भ, राजेन्द्र दंगाल, युसन राई, रुपेश राजवंशी, कल्पना मिश्र, अम्बिका मैनाली प्रसाई, अपेक्षा कार्की, अन्जना शिवाकोटी र लालबहादुर चाहार चयन भएको निर्वाचन समिति संयोजक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।

कोशी प्रदेशका खानेपानी मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यता तथा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन कोशी प्रदेश उपाध्यक्ष इन्दिरा श्रेष्ठको संयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

साथै कार्यक्रममा नेपालको विकास र सम्बृद्धिका प्रमुख आधारहरु मध्येको एक पर्यटन क्षेत्रको विकास र प्रबद्धनको निम्ति महत्वपूर्ण सहयोग पु¥याएको भन्दै पाँचतारे होटल किङ्स बेरीका सञ्चालक प्रकाश गौतम, होटल व्यवसायी संघको झापा अध्यक्ष इन्दिरा श्रेष्ठ,

होटल मेची क्राउन तथा मेचीनगर- ४ का वडाध्यक्ष अर्जुन कार्कीलाई सम्मानपत्र प्रदान गरिएको थियो । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा पर्यटन तथा नागरिक उड्डयन बिभाग प्रमुख भीम आर्चायद्धारा गत जेठ २६ गते हस्ताक्षरित सम्मानपत्र कार्यक्रमका प्रमुख अतिथि कार्कीले प्रदान गरेका हुन् ।

प्रतिकृया दिनुहोस्