News Portal

एनआइसी एसिया बैंकले लिलामी गरेको घर नागरिक बचाउ महाअभियानको कब्जामा

रातोपोस्ट संवाददाता
११० पटक

बिर्तामोड, साउन २३ । एनआइसी एसिया बैंकले लिलामी गरेको बिर्तामोडको एक घरमा दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानले कब्जा गरेको भन्दै ब्यानर टाँगेको छ ।

बिर्तामोड-५ स्थित शाक्य मेडिकलको सय मिटर उत्तरमा रहेको गिरीधारी पोद्दारको घर एनआइसी एसिया बैंकले लिलामी गरेको थियो । ३३ धुर जग्गामा बनेको अढाई तले घर बैंकमा राखेर पोद्दारले ८ करोड २५ लाख रुपैयाँ ऋण लिएका थिए । सो ऋण नतिरेपछि भर्खरै बैंकले लिलामी गरेको हो ।

अभियानका ऋण एसोसिएसन केन्द्रीय सचिवालयका संयोजक देवीप्रसाद सङ्ग्रौलाको अगुवाईमा गएको समूहले नारा जुलुससहित अभियानको ब्यानर टाँगेको छ । केही दिनभित्र बिर्तामोडका करिब १५ वटा घर लिलामी हुन लागेको र ती घरहरू आफूले कब्जा गर्ने सङ्ग्रौलाले चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस्